दार्जीलिङ, 24 दिसम्बरः भोलि अर्थात् 25 दिसम्बरका दिनदेखि फेरि टोय ट्रेन चल्नेछ।
वैश्विक महामारी बनेको कोरोना भाइरसका कारण मार्च महिनाको अन्तिम सातादेखि टोय ट्रेन ठप्प बनेको थियो। तर, हिजो पश्चिम बङ्गाल सरकारबाट टोय ट्रेन सञ्चालनको अनुमति पाएपछि नै दार्जीलिङ हिमालयन रेलवेका अधिकारीहरूले भोलिदेखि पुनः टोय ट्रेन चलाउने निर्णय गरेको हो।
यसका साथै भोलिदेखि दार्जीलिङ रेलवे स्टेशनदेखि घूम रेलवे स्टेशनसम्म चल्ने जोय राइड पनि सञ्चालनमा आउनेछ।