कालेबुङ, 4 फरवरी : सोमबार आन्दोलनकारीको नाममा विमल गुरुङ र भाजपाको पक्षमा लेखिएको पोस्टर पहाड़का विभिन्न ठाउँमा देखिएको छ।
यो पोस्टर आइतवार राति वा सोमबार बिहानै टाँसिएको हुनसक्ने बताइएको छ। पोस्टरमा विमलबिना कमल फुल्न नसक्ने बताइएको छ भने विमललाई ल्याएर गोर्खाल्याण्डमा कमल फुलाउनपर्ने बताएको छ।
पोस्टरमा लेखिएको छ – “विमल गुरुङ जिन्दाबाद, मोदी सरकार जिन्दाबाद। हत्यारा ममता सरकार मुर्दाबाद, गद्दार विनय, अनित होशियार। वी वाण्ट सेपरेट स्टेट अव् गोर्खाल्याण्ड।’’ त्यस्तै अर्को पोस्टरमा लेखिएको छ -“महाकाल भूमिको उद्धारहेतु हामी सदैव लागिपर्नेछौं। हामी आफूले गरेको सङ्कल्पलाई निश्चय पूरा गर्नेछौं।’’
पोस्टर नेपाली र हिन्दी दुवै भाषामा लेखिएको छ। पोस्टर कालेबुङ, मिरिकलगायत सोनादाको राष्ट्रिय राजमार्ग क्षेत्रमा टाँसिएको बताइएको छ।