साहित्यकार एमबी प्रधानको निधन

0
965

कालेबुङ, 30 दिसम्बरः साहित्य अकादमी पुरस्कार प्रापक कालेबुङनिवासी साहित्यकार एमबी प्रधान (मन बहादुर प्रधान) अब रहेनन्।

उनको आज बिहान 3:15 मा दिल्लीको फोर्टिस अस्पतालमा मृत्यु भएको हो। उनी 89 वर्षका थिए।

साहित्यकार प्रा. डा. दिवाकर प्रधानले जनसंवादलाई जानकारी गराएअनुसार उनी केही दिनअघि पित्ताशयको शल्यक्रिया गर्न फोर्टिस अस्पतालमा भर्ती भएका थिए। त्यहीं उनको मृत्यु भएको हो।

जीवन नै शिक्षादानमा व्यतीत गरेका प्रधानले धेरैवटा पुस्तकसमेत लेखेका छन्।

50 –को दसकमा उनका धेरै कथाहरू भारती, उदय, गोर्खामा प्रकाशित भएका थिए।

प्रधानले मनका लहर र रहरहरू नियात्रा सङ्ग्रहका लागि 2013 मा साहित्य अकादमी पुरस्कार पाएका थिए।

यसबाहेक उनका अन्य केही कृति पनि प्रकाशित छन्। प्रधानले नेपाली भाषा र अङ्ग्रेजी भाषा शुद्ध लेख्नेसम्बन्धी पुस्तक पनि लेखेका छन्।

पोख्रेबुङमा जन्मेका एमबी प्रधानले घूम हाई स्कूलका प्रधान अध्यापकको रूपमा पनि कार्य गरेका थिए। त्यसपछि उनी डा. ग्राम्स होम्समा केही वर्ष अध्यापकको कार्य गरे।

ग्राम्स होम्सबाट अवकाशग्रहण गरेपछि उनी केही वर्ष कालेबुङकै सप्तश्री अकादमीमा प्राचार्य (प्रिन्सिपल)-समेत रहेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here