शहीद विमला राईको सपना बाटो होइन, गोर्खाल्याण्ड होः अनित थापा

0
930

कालेबुङ, 30 दिसम्बरः 8 फरवरी 2011-का दिन सिप्सुमा शहीद भएकी विमला राई आफ्नो नाममा बाटो निर्माणका लागि होइन, तर छुट्टै राज्य गोर्खाल्याण्डका लागि शहीद भएकी विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का महासचिव एवं जीटीए बीओएका अध्यक्ष अनित थापाले बताएका छन्।

आज 42 नम्बर समष्टिअन्तर्गत स्योकवीर खानीमा ‘शहीद विमला राई स्मृति सड़क निर्माणको आधारशिला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

“शहीद बिमला राई बाटो बनियोस् भनेर शहीद बनिएकी होइनन्, उनको सपना गोर्खाल्याण्ड हो। म भगवानसँग प्रार्थना गर्छु, उनले देखेको सपना पूरा होस्’’, थापाले थपे, “8 फरवरी 2011-मा बिमला बहिनी शिब्सुमा शहीद बनिन्, उनले गोर्खाल्याण्डका लागि दिएको सर्वोच्च बलिदान अमूल्य छ। तर, उनलाई आन्दोलनमा होम्ने नेता पछि सत्तामा जाँदा पनि शहीदको गाउँले सड़कसम्म पाएन, परिवारले सहुलियत पाएनन्।”

आफ्नो सम्बोधनअवधि अनित थापाले तत्कालीन समयमा सयौँ जीएलपीका युवा आफ्नो घर छोड़ेर आन्दोलन गर्न निस्केका तर गोजमुमो प्रमुख विमल गुरुङले ती जीएलपीका युवाहरूलाई मजदूरलाई जस्तै काम गर्न लगाएको आरोप पनि लगाए।

उनले भने, “जीएलपी भाइबहिनीहरूलाई बालुवा, गिटी, सिमेन्ट बोक्नेसम्म कामहरू गराइएको मलाई थाहा छ। विगतका नेताले सत्तामा गएर सरकारसँग राम्रो सम्बन्ध राखिदिएको भए जीएलपी भाइबहिनीहरूले रोजगार पाउने थियो। नेताले उनीहरूको क्रिम समय खाइदिएको छ। नेता रातो बत्तीमा पुग्यो, तर जीएलपीले देखेको सपना न पूरा भयो न भविष्य बनियो।

थापाले थपे, “नेताले आन्दोलन नगर्नु गरिसकेपछि कि मुद्दा फत्ते गर्नुपर्छ, कि जेल जानुपर्छ कि वीरगति प्राप्त गर्नुपर्छ। जनतालाई झुक्याएर मात्रै राजनीति गर्नु हुँदैन।”

यसका साथै विमल गुरुङले जीएलपीलाई नोकरीको लोभ देखाएर आन्दोलनमा प्रयोग गरेको पनि उनले आरोप लगाए।

यसैबीच अनित थापाले बिमला राईसँग 12 जनालाई आफ्नो क्षमताभित्र नोकरी दिने घोषणा गर्दै आफूसँग सम्पर्क गरून् भन्ने सुझाए।

यसअवसरमा विनयपन्थी मोर्चा कालेबुङ जिल्ला समितिका शीर्ष नेतृत्वहरू पनि  उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here