सीबीआईको छापामारी, तृणमूल नेताविरुद्ध लुकआउट नोटिस जारी

0
1089
(साङ्केतिक फोटो)।

कोलकाता, 31 दिसम्बरः सीबीआईले आज (बिहीबार) बङ्गालका धेरै ठाउँमा छापामारी गऱ्यो।

गाईवस्तुको तस्करी मामिलामा सीबीआईले आज तृणमूल कङ्ग्रेसका नेता विनय मिश्राको ठेगानामा छापामारी गरेको हो।

सीबीआई अधिकारीहरूका अनुसार विनय मिश्राविरुद्ध लुकआउट नोटिस पनि जारी गरिएको छ, ताकि उनी देश छोड़ेर अन्यत्र जान नसकून्।

उल्लेखनीय छ, सीबीआईले गाईवस्तुको तस्करी गिरोहका कथित् मुखिया र बीएसएफका दुई कर्मचारीलाई पनि यसै मामिलामा पक्राउ गरेको छ।

बीएसएफका र सीमा शुल्क विभागका केही भ्रष्ट अधिकारीहरूलाई घुस दिएर भारत-बङ्ग्लादेश सीमामा गैरकानुनी ढङ्गमा गाईवस्तुको तस्करी गरिरहेको सीबीआईले आफ्नो जाँचमा पाएको छ।

अर्कोतिर, सीबीआईले बङ्गालसँग जड़ित मामिलाहरूको जाँच तीव्र रूपमा गरिरहेको छ।

सीबीआईका निर्देशक आरके शुक्लाले शारदा एवं अन्य चिटफण्ड घोटालासम्बन्धी दर्ता प्राथमिकताको जाँच जनवरी 2021 सम्म पूरा गर्ने निर्देश दिएको छ।

-नवभारत टाइम्स

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here