दार्जीलिङ, 4 फरवरी : भाजपाले राजनीतिक फाइदाका लागि देशको संवैधानिक संस्था सीबीआईको दुरुपयोग गरिरहेको आरोप लगाउँदै सोमवार विनय तामाङपन्थी गोर्खा जनुमक्ति मोर्चा (गोजमुमो)-ले दार्जीलिङ, कालेबुङ र खरसाङ आदि स्थानमा प्रतिवाद ऱ्याली निकाल्यो।
यसका साथै मोर्चाले दार्जीलिङको बाटा अघि देशका प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहको पुत्ला पनि जलायो। यसअवसरमा गोजमुमो केन्द्रिय समिति उपाध्यक्ष सतीश पोखरेल, दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङ, नारी मोर्चा अध्यक्ष छिरिङ दाहाललगायत अन्य शीर्ष नेताहरूको उपस्थिति थियो।
ऱ्यालीमा सहभागी बनेका मोर्चा कार्यकर्ताहरूले भाजपालाई सत्ताबाट हटाएर देश बचाउने चर्को नारा लगाए। ऱ्यालीमा उनीहरूले विनय तामाङ जिन्दाबादजस्तो नारा पनि लगाएका थिए।
यसका साथै मोर्चाले भाजपाविरुद्ध दार्जीलिङ चोकबजारमा व्यापक पोस्टरिङ गरी भाजपाले बदलाको राजनीति गरी सीबीआईलाई प्रयोग गरेर बङ्गालको सत्ता हत्याउने कोशिश गरिरहेको आरोप लगाउँदै यसको घोर विरोध जनाएको छ।