ममतालाई अर्को झट्का, खेल मन्त्रीको पदबाट लक्ष्मी रतन शुक्लाले दिए राजीनामा

0
1011

कोलकाता, 5 जनवरीः यसै वर्ष हुने बङ्गाल चुनाउअघि सत्तारूढ़ तृणमूल कङ्ग्रेसलाई थप अर्को झट्का लागेको छ।

आज राज्यका मन्त्री एवं पूर्व क्रिकेटर लक्ष्मी रतन शुक्लाले खेल मन्त्रीको पदबाट राजीनामा दिएका छन्।

शुक्लाले मन्त्री पदबाट राजीनामा दिए तापनि विधायक पद भने छोड़ेका छैनन्। यसका साथै उनले हावड़ाका तृणमूल जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

उनले आफ्नो राजीनामा-पत्र मुख्यमन्त्री ममता ब्यानर्जीलाई पठाएका छन्।

सूत्रका अनुसार लक्ष्मी रतन शुक्ला राजनीतिबाट टाढ़ा बस्न चाहन्छन्। जानकारीका अनुसार मन्त्री पदबाट राजीनामा दिए तापनि उनी विधायक पद भने छोड़्ने छैनन्।

उल्लेखनीय छ, लक्ष्मी रतन शुक्लाले भारतका लागि तीन वान् डे म्याच खेलिसकेका छन्। साथै आईपीएलमा उनी कोलकाता नाइट राइडर्स, दिल्ली डेयरडेभिल्स र सनराइजर्स हैदराबादको तर्फबाट खेलेका थिए।

पछिल्लो विधानसभा चुनाउमा उनी तृणमूल कङ्ग्रेसको टिकटमा हावड़ा उत्तरबाट विधायक चुनिएका थिए। त्यसपछि शुक्ला ममता सरकारमा खेल एवं युवा मामिलाका मन्त्री बनेका थिए।

यसैबीच, राज्यकी मुख्यमन्त्री एवं तृणमूल सुप्रिमो ममता ब्यानर्जीले उनको राजीनामा पत्र स्वीकार गरेकी छन्। ममताका अनुसार शुक्लाको राजीनामा पत्र राज्यपाललाई पठाइएको छ।

लक्ष्मी रतन शुक्लाले खेललाई बढ़ी समय दिन चाहेकोले नै मन्त्री राजीनामाबाट संन्यास लिने सोच बनाएको उनले बताएकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here