मुम्बईनिवासी आकाश आदित्य लामा कुमुद भूषण कला संस्कृति सम्मानद्वारा सम्मानित

0
1178

गान्तोक,  5 जनवरीः सिक्किम युथ फेडरेशनका स्रोतवक्ता मुम्बईनिवासी आकाश आदित्य लामा कुमुद भूषण कला संस्कृति सम्मानद्वारा सम्मानित भएका छन्।

न्यायमूर्ति प्रेम शङ्कर गुप्ताको स्मरणमा इटवा हिन्दी सेवा निधीले आयोजन गरेको 28औं वार्षिक समारोहका अवसरमा लामालाई सम्मानित गरिएको हो।

यो पुरस्कार पूर्व केन्द्रिय मन्त्री शान्ति भूषणकी धर्मपत्नी श्रीमती कुमुद भूषणको स्मरणमा स्थापना गरिएको हो।

आकाशआदित्य लामालाई यो पुरस्कार पश्चिम बङ्गालका पूर्व राज्यपाल केशरीनाथ त्रिपाठीको बाहुलीबाट प्रदान गरियो।

आकाश आदित्य लामा फिल्म तथा टेलिभिजनमा लेखक तथा निर्देशकका रूपमा परिचित छन्।

उनले टेलिभिजन सिरियल कुमकुम, प्यार के दो नाम, एक राधा एक श्याम, झिलमिल सितारौं का आंगन होगा आदिमा 3000 भन्दा बढ़ी शृङ्खला लेखिसकेका छन्।

उनी प्रख्यात नाटक महेनजोदोड़ोका पनि लेखक हुन्।

यसबाहेक नागा भाषामा फिल्म बनाउने उनी पहिले लेखक तथा निर्देशक पनि हुन्।

उनको नागा भाषाको फिल्म नानी तेरी मोरनी र इण्डियन पानारेमाले केही अन्तर्राष्ट्रिय फिल्म उत्समा प्रसिद्धि कमाएको छ। उनको व्यावसायिक फिल्म तौबा तेरा जल्वा चाँड़ै सिनेमा घरमा प्रदर्शन हुने तयारीमा छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here