जनजातिको दर्जा दिलाउन सिक्किम सरकारले कुनै कसर नछोड्ने

0
885

गान्तोक, 6 जनवरीः जनजाति बन्नबाट छुटेका समुदायका प्रतिनिधिले मङ्गलबार सम्मान भवनमा मुख्यमन्त्री पीएस गोलेसँग भेट गरी आफ्नो विचार-सुझाउ राखे।

भेटवार्ताको अवसरमा प्रतिनिधिहरूले अहिलेसम्म भएको कार्य प्रगतिबारे मुख्यमन्त्रीलाई जानकारी गराए।

उनीहरूले जनजाति दर्जा प्राप्त गर्ने सम्बन्धमा गरिएका सङ्घर्ष र अनुभव पनि मुख्यमन्त्रीसमक्ष साझा गरे।

आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले एसकेएम पार्टीको घोषणा-पत्रमा छुटेका समुदायलाई जनजातिमा सामेल गराउने उल्लेख गरिएको बताउँदै यसलाई पूरा गर्न कुनै कसर नछोड़िने प्रतिबद्धता जाहेर गरे।

उनले प्रतिनिधिहरूलाई आफूले गरेको नयाँ दिल्लीको भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री, गृहमन्त्री, जनजातीय मामिला मन्त्री र भाजपा अध्यक्ष जेपी नड्डाजस्ता प्रमुख व्यक्तित्वहरूसहित धेरै केन्द्रिय मन्त्रीहरूसित भेट गरी माग राखेको बताए।

लोकसभा सांसद इन्द्रहाङ सुब्बा पनि यस मुद्दामा लागिपरेको उनले बताए।

स मुद्दालाई अझ प्रभावकारी बनाउन मुख्मन्त्रीले सबै प्रतिनिधिलाई एउटा समिति गठन गर्न आग्रह गरे। जनजाति बन्नबाट छुटेका समुदायमा माझी जाति पनि समावेश रहेकाले यो सङ्ख्या बढ़ेर 12 भएको बताउँदै उनले यस मुद्दालाई लिएर नयाँ दिल्ली जाने प्रतिनिधि टोलीमा मन्त्रीहरू, विधायकगण र 12 समुदायका प्रतिनिधिलाई पनि सामेल गर्ने बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here