तराई-डुवर्सका 6 वटा चियाकमानको बोनस दरलाई लिएर 3 अक्टोबरमा कोलकातामा बैठक

0
1096
तराईको एक चियाकमानमा पत्ती टिप्दै श्रमिकहरू (फाइल फोटो)।

सिलगढ़ी, 29 सेप्टेम्बर : तराई-डुवर्सका 6 वटा चियाकमानको पूजा बोनसलाई लिएर आगामी 3 अक्टोबरको दिन कोलकातामा त्रिपक्षीय बैठक बसिनेछ। यो बैठक राज्य सरकारको नवनिर्मित सचिवालय भवनमा बसिने बताइएको छ। 
स्मरणरहोस्, गत 23 सेप्टेम्बरको दिन कोलकातास्थित बङ्गाल चेम्बर अव् कमर्सको भवनमा मालिकपक्ष र श्रमिक सङ्गठनबीच बसिएको द्विपक्षीय बैठकमा यसवर्ष  तराई-डुवर्सका चियाकमानहरूका श्रमिकहरूलाई 19.50 को दरले पूजा बोनस दिने निर्णय गरिएको थियो। यद्यपि तराई-डुवर्सका गङ्गाराम, वीरपाड़ा, दुम्सीपाड़ा, किलकोट, नागेश्वरी र बाग्राकोटलाई यो पूजा बोनसको दरबाट अलग राखेपछि पुनः बैठक हुने भएको हो।
यता, दार्जीलिङ पहाड़का चियाकमानहरूका लागि पनि बोनस दर अझै निर्धारित भएको छैन। पहाड़का चियाकमानहरूलाई 8.33 को दरले पूजा बोनस दिने दार्जीलिङ टी एसोसिएशन (डीटीए)-ले बताएको छ, जसलाई पहाड़का श्रमिक सङ्गठनहरूले अस्वीकार गर्दै 20 प्रतिशतको दरले बोनस दिनुपर्ने माग राखेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here