गान्तोक, 10 जनवरीः राजधानी गान्तोकनजिक आरिथाङमा एकजना 75 वर्षीय महिलाको हत्या गरिएको घटना प्रकाशमा आएको छ।
पुलिस सूत्रका अनुसार मृतक महिलाको नाम खर्किमाया गुरुङ रहेको छ, जो पछिल्लो 25 वर्षदेखि स्थानीय एउटा बिल्डिङमा किरायको कोठामा बस्दै आएकी थिइन्।
घटनाक्रम अनुसार हिजो दिउँसो करिब 11 बजी सिच्छेको तामाङ गुम्बा नजिक बस्ने मृतककी छोरा कौशल गुरुङलाई आमा बस्ने बिल्डिङका मालिकले फोन गरी घटनाबारे जानकारी दिएको थियो।
घटनास्थलमा पुग्दा छोरा कौशल गुरुङले आफ्नी आमालाई खूनले लतपत भएर मरिरहेको अवस्थामा भेटाए।
आमाले लगाउने सुनका गर-गहनाहरू पनि हराएको उनले पाए।
अर्कोतिर, मृतक महिलासँगै रहँदै आएका दुईजना साइनोले भाइ पर्ने सुकराज गुरुङ र साजन गुरुङ घटनाको समयदेखि नै लापत्ता थिए।
पछि पुलिसले जाँचको क्रममा 27 वर्षीय सुकराज र 26 वर्षीय साजनलाई आफ्नो अधीनमा लिएर केरकार गरिरहेको छ।