तृणमूल कङ्ग्रेसका पूर्व सांसद केडी सिंह पक्राउ

0
924
केडी सिंह।

कोलकाता/नयाँ दिल्ली, 13 जनवरी: आउँदो विधानसभा चुनाउअघि तृणमूल कङ्ग्रेसलाई थप अर्को झट्का लागेको छ। प्रवर्तन निदेशालय (ईडी)-ले आज तृणमूल कङ्ग्रेसका पूर्व सांसद केडी सिंहलाई पक्राउ गरेको छ। उनलाई दिल्लीबाट पक्राउ गरिएको हो।

राज्यसभा सांसद रहिसकेका तृणमूल नेता केडी सिंहलाई मनी लाउन्डररिङ केसमा ईडीले पक्राउ गरेको हो।

केडी सिंह अलकेमिस्ट इन्फ्रा रियल्टी लिमिटेडका मालिक हुन्। 2016 मा ईडीले अलकेमिस्ट इन्फ्रामाथि मुद्दा दर्ता गरेको थियो।

ईडीले प्रिवेन्शन अव् मनी लाउन्डरिङ एक्ट (PMLA)-अन्तर्गत् अलकेमिस्ट इन्फ्रा रियल्टी लिमिटेडविरुद्ध मुद्दा गरेको थियो।

यस कम्पनीले मानिसहरूका करिब 1900 करोड़ रुपियाँ ठगेको आरोप छ। यस कम्पनीका निर्देशक र शेयर होल्डर्समाथि SEBI –को तर्फबाट मुद्दा दर्ता गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here