क्रामाकपाले भन्यो – जनजातिको मुद्दालाई लिएर विमल-विनयबीचको आरोप-प्रत्यारोप चुनावी चटक

0
1449
क्रामाकपा प्रवक्ता गोविन छेत्री (फाइल फोटो)।

दार्जीलिङ, 29 सेप्टेम्बर : गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यतालाई लिएर विमल गुरुङ र विनय तामाङबीच चलिरहेको राजनीतिक हिलो छेपाइलाई क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले  चुनावी चटक बताएको छ।
शनिवार जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै क्रामाकपा प्रवक्ता गोविन छेत्रीले  दार्जीलिङ पहाड़का राजनीतिक दलहरूले ससाना बिसौनीको लोभ लालज त्यागेर छुट्टै राज्य गोर्खाल्यान्डका लागि प्रतिबद्धता र एकजुटता देखाउनुपर्ने सुझाएका छन्। 
एक प्रश्नको उत्तरमा उनले भने, “अहिले जनजातिको मुद्दालाई लिएर जुन आरोपप्रत्यारोप र नपाई श्रेय लिने काम भइरहेको छ, त्यो आगामी चुनाउका लागि आआफ्नो वर्चस्व देखाउने चुनावी चक हो। यस्ता बिनाअर्थको आरोपप्रत्यारोपले केवल जनतालाई मूर्ख बनाउने काम गरेको छ। नेताहरूले  जनजातिको मुद्दालाई अघि राखेर  आफ्नो दूनो सोझ्याउने काम गर्दैछन्।
उनका अनुसार केन्द्र सरकारको इच्छाशक्ति भएमा मात्र गोर्खा समुदायका 11 जातगोष्ठीले जनजातिको मान्यता पाउने निश्चित  भए तापनि यो पाउनका लागि सहज भने छैन। संसदमा बहस र एक तिहाई समर्थनको गाह्रो बाटो हिँड़ेर मात्र जनजातिको मुद्दाले पार पाउने  छेत्रीको भनाइ छ। 
जनजातिको मान्यता दिने केन्द्र सरकार हो, तर केन्द्रले दिन्छ भन्दैमा यो सहजै पास हुनेछैन”, क्रामाकपा प्रवक्ताले थपे, “अहिलेसम्म यसबारे केन्द्रले ठोस चहल पहल गरेको छैन। यसैले यसलाई लिएर अहिलेदेखि आरोप प्रत्यारोप लगाउनु र नपाई श्रेय लिने होड़बाजीमा लाग्नु भनेको  चुनावी वर्चस्वको लड़ाइँ मात्र हो।
छुट्टै राज्य गोर्खाल्यान्ड गठनसँगै पहाड़का सबै समस्याको समाधान हुने कुरालाई गोर्खाल्यान्ड चाहने दलहरूले बुझ्नुपर्ने क्रामाकपा नेताको भनाइ छ। साथैगोर्खाल्यान्ड राज्यको गठनको तोक दिएर गठन भएका राजनीतिक दलहरूले आफ्नो मूल मुद्दालाई छोड़ेर ससाना व्यवस्थामा रमाएपछि गोर्खाल्यान्डको माग दिनोदिन ओझेलमा परिरहेकोपनि बताए।
भारतका अन्य प्रान्तमा छुट्टै राज्य माग्नेहरू आफ्नो वन् पोइन्ट एजेन्डा’-मा प्रतिबद्ध र समर्पित छन्। तेलङ्गानाको माग पनि वन् पोइन्ट एजेन्डा नछोड़ेपछि पूरा भएको हो”, छेत्रीले थपे, “तर राम्राहरू गोर्खाल्यान्डका लागि भनेर जन्मिन्छन्, केही वर्ष आन्दोलन गर्छन् र बीचैमा बिसौनी खोजेर सत्तासुखमा भुलिन्छन्। यसैले पनि हाम्रो मुख्य माग पछिल्तिर ढकेलिँदै गएको हो।उनका अनुसार गोर्खाल्यान्ड टेरिरियल एड्मिनिस्ट्रेशन (जीटीए), छैटौं अनुसूची र जनजातिको मुद्दाले गोर्खाहरूको साँचो जनाकांक्षालाई पूरा गर्दैन।
यसैले यस्ता मुद्दाहरूमा समय व्यर्थै खर्चिनका सट्टामा वन् पोइन्ट एजेन्डा गोर्खाल्यान्डलाई लिएर निरन्तर आन्दोलन गरिरहे एकदिन अवश्यै राज्य प्राप्तिको सपना पूरा हुनेछ”, गोविन छेत्रीले भने। अर्कोतिर उनले अहिले पार्टीले साङ्गठनिक सुदृढ़िकरणका विभिन्न कार्यक्रम गरिरहेको बताए। यसका लागि शाखा स्तरदेखि जोनलस्तरसम्म सभा आदि निरन्तर सभा भइरहेको छेत्रीको भनाइ छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here