नन्दीग्रामबाट चुनाउ लड़्ने ममताको घोषणा

0
895
ममता ब्यानर्जी (फोटो साभारः एएनआई ट्विटर।)

कोलकाता, 18 जनवरीः आउँदो विधानसभा चुनाउ तृणमूल सुप्रिमो एवं बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी नन्दीग्रामबाट चुनाउ लड़्नेछिन्।

सोमबार उनले यस्तो घोषणा गरेकी हुन्। नन्दीग्राम सुवेन्दु अधिकारीको गढ़ मानिन्छ। यसैले पनि नन्दीग्रामबाट चुनाउ लड़्ने घोषणा गरेर ममताले सुवेन्दुलाई सोझै चुनौती दिएकी छन्।

केही दिनअघि भाजपामा सामेल भएका सुवेन्दुले तृणमूल कङ्ग्रेसलाई सत्ताच्यूत गर्ने ठोकुवा गर्दै आइरहेका छन्।

यसैले पनि नन्दीग्रामबाट चुनाउ लड़्ने घोषणाले नन्दीग्राममा तृणमूल-भाजपाको भिड़न्त थप रोमाञ्चक हुने भएको छ।

यो त्यही नन्दीग्राम हो, जहाँ शुरू भएको किसान आन्दोलनले ममता ब्यानर्जीलाई सत्तासीन गराएको थियो। तृणमूललाई सत्तामा पुऱ्याउन सुवेन्दु अधिकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

2007 मा नन्दीग्राममा तत्कालीन वामफ्रन्ट सरकारले स्वीकृति दिएको ‘सेज परियोजना’ विरुद्ध प्रदर्शनमा 14 जनाले ज्यान गुमाएका थिए।

यसपछि ममताले चुनाउमा माँ, माटी, मानुष’- अभियाननै चलाएका थिए।

यसै अभियानले ममतालाई बङ्गालको सत्तासम्म पुऱ्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here