पर्यटन हितधारकहरूका लागि क्षमता विकास प्रशिक्षण आरम्भ

0
957

गान्तोक, 18 जनवरीः भारत सरकारको डोनर मन्त्रालयको वित्तपोषणमा TRAVELS AGENTS ASSOCIATION OF SIKKIM-द्वारा आयोजित पर्यटन हितधारकहरूलाई क्षमता विकास प्रशिक्षण कार्यक्रमको आज मुख्यमन्त्री पीएस गोलेले विधिवत् उद्घाटन गरे।

यस परियोजनाअन्तर्गत कुल 748 जनालाई 9 वटा विषयमा प्रशिक्षण दिइनेछ। लयसका लागि मन्त्रालयले 1 करोड़ 50 लाखभन्दा अधिक रुपियाँ आवण्टन गरेको छ।

उल्लेखनीय छ, यसअघि पनि टासले पूर्वोत्तर परिषदबाट यसरी नै ठूलो परियोजना लिएर त्यसलाई सफलतापूर्वक पूरा गरेको छ।

यो तेस्रो परियोजना रहेको टासका अध्यक्ष नोर्गे लाचुङ्गपाले बताए। 

राजधानी गान्तोकको चिन्तन भवनमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पीएस गोलेले टास सिक्किम पर्यटनको मूल खाँबो हो भन्दै पर्यटनको क्षेत्रमा यस संस्थाले अहिलेसम्म गरेका कामहरू सिक्किम राज्यकै लागि ठूलो उपलब्धि रहेको बताए।

राज्यको पर्यटनमा टासको योगदानलाई ध्यानमा राखेर नै सरकारले टासका एकजना सदस्य लुकेन्द्र रसाइलीलाई सिक्किम टुरिज्म डेवलपमेन्ट कर्पोरेशनको अध्यक्ष नियुक्त गरेको र उनले धेरै राम्रो काम गरिरहेको मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा बताए।

राज्यमा पर्यटनको भविष्य राम्रो छ भन्दै अब पर्यटनलाई गाउँ-गाउँमा लिएर जानुपर्ने कुरामा उनले जोड़ दिए।

राज्य सरकारले पर्यटन हितधारकहरूलाई सहयोग गर्न धेरै योजना बनाएको बताउँदै आगामी बजेटमा मार्केटिङ र प्रोमोशनका लागि धनराशि आवण्टन गरिने मुख्यमन्त्रीले जानकारी गराए।

गोलेले विशेष गरी होमस्टे पर्यटनलाई प्रोत्साहित गर्नुपर्ने कुरामा जोड़ दिए। यसका लागि सरकारले पनि नेपाली, भोटिया र लेप्चा पारम्परिक ढाँचाको होमस्टे निर्माण गर्ने उनले जानकारी गराए। यसका साथै होमस्टेलाई करमा केही छुटको साथमा निर्धारित कानून बनाउनुपर्ने पनि उनले थप बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here