धुपगढ़ी, 20 जनवरीः मङ्गलबार राति जलपाइगढ़ीमा भीषण सड़क दुर्घटना हुँदा कम्तीमा 13 जनाले ज्यान गुमाउनका साथै करिब 18 जना घाइते भएको बताइएको छ।
जानकारीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। यो भीषण सड़क दुर्घटना धुपगढ़ी सिटीमा भएको हो।
बाक्लो कुहिरोका कारण सड़क दुर्घटनामा भएको बताइएको छ।
जलपाइगढ़ीका एएसपी डा. सुमन्त रायले दिएका जानकारीका अनुसार मङ्गलबार राति करिब 9:50 बजी बोल्डर लादिएको ट्रक, टाटा म्याजिक भ्यान र मारुति भ्यान परस्परमा ठोकिँदा यो भीषण दुर्घटना भएको हो।
पुलिसले ट्रकका चालकलाई आफ्नो हिरासतमा लिएको छ।