कोलकाता, 5 फरवरी : कुनै समय ममता ब्यानर्जीको अत्यन्त नजिकका अधिकारीहरूमा पर्ने भारती घोष भाजपामा सामेल भएकी छन्। सोमबार नयाँदिल्लीमा उनले भाजपाको झण्डा समाएकी हुन्। भारती घोषलाई केन्द्रिय कानून मन्त्री रविशङ्कर प्रसादले दलीय झण्डा प्रदान गरी भाजपामा स्वागत जनाए।
उनलाई भाजपामा सामेल गराउनुको सम्पूर्ण श्रेय पार्टीका नेता मुकुल रायलाई जान्छ। यसअवसरमा पश्चिम बङ्गाल प्रदेश भाजपाका प्रभारी कैलाश विजयवर्गीय, बङ्गालका दिग्गज नेता मुकुल राय र दार्जीलिङका सांसद एसएस अहलुवालिया पनि उपस्थित थिए।
भाजपामा सामेल भएपछि भारती घोषले ममता बनर्जीमाथि कटाक्ष गरिन्।
“जुन सत्याग्रहको कुरा ममताले गरिरहेकी छन्, त्यो गरेर उनी वह सत्याग्रह होइन। किनभने एक समय गान्धीजीले आम मानिसहरूका लागि सत्याग्रह गरेका थिए’’, उनले थपिन्, “तर यहाँ त आम मानिसहरूको पैसा लुट्ने लुटेराहरूलाई बचाउने पुलिस अधिकारीका लागि ममता ब्यानर्जीले सत्याग्रहको नाटक गरिरहेकी छन्।’’
उल्लेखनीय छ, ममता ब्यानर्जीको नजिकमा रहेकी भारती घोष पश्चिम मेदनीपुरकी पुलिस अधीक्षक थिइन्। त्यस समय उनले नक्सली आन्दोलनलाई रोक्नुमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
त्यसअवधि जङ्गल महलमा आयोजित एक सभामा आफ्नो सम्बोधनमा मुख्यमन्त्रीलाई जङ्गल महलकी आमाको उपाधि दिएर चर्चामा आएकी थिइन्। तर मुख्यमन्त्री ममता ब्यानर्जी र भारती घोषको सम्बन्ध धेरै दिन सुमधुर रहेन।
ममता ब्यानर्जीसँग असन्तुष्ट भएर उनले आईपीएसको नोकरीबाट राजीनामा दिएकी थिइन्। सन् 2018-मा उनले जङ्गल महल छोड़िन्।
ममता ब्यानर्जीसँग अब भारती घोषले राजनीतिक रूपमा लड़ाइँ गर्न चाहन्छिन्। त्यसैले पनि उनी भाजपामा सामेल भएकी हुन्।
उनी चुनाउ लड़्न चाहन्छिन्। घोष चुनावी मैदानका लागि तयार भएर बसेकी छन्। यद्यपि पछिल्लो चुनाउको समयमा विरोधी दलहरूको आरोपलाई केन्द्र गरी चुनाउ आयोगले उनलाई सरुवा गरेको थियो।