दार्जीलिङ, 22 जनवरीः डुवर्सबाट विनयपन्थी मोर्चामा सामेल भएको छ। सामेल हुनेहरूमा केही विमलपन्थी मोर्चाका कार्यकर्ता रहेको बताइएको छ।
विनयपन्थी मोर्चाका दावीका अनुसार विनोद घतानीको नेतृत्वमा डुवर्सका विभिन्न स्थानलाई प्रतिनिधित्व गर्दै आज 50 जनाको एक टोली सामेल भएका हुन्।
पार्टी अध्यक्ष विनय तामाङ र महासचिव अनित थापाको उपस्थितिमा आज उनीहरूले गोजमुमो दोस्रो खेमाको झण्डा समाएका हुन्।
यी 50 प्रतिनिधिले डुवर्सको एलेनबारीदेखि कुमार ग्रामभित्रका सम्पूर्ण ग्रामलाई प्रतिनिधित्व गर्ने दावी विनयपन्थी मोर्चाको छ।
यसअवसरमा विनोद घतानीले आफ्नो सम्बोधनमा आफूहरूले “2015 मा डुवर्स सिलगढ़ी तराई नाममा एउटासङ्गठन खोलेको र गोर्खा टास्क फोर्स पनि चलाएको तथा 2017-को आन्दोलनपछि विनय तामाङको नेतृत्वलाई नजिकबाट हेरेपछि आज समर्थन जनाएको बताए।
अर्कोतिर यिनै 50 जना प्रतिनिधिलाई लिएर विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा डुवर्स समिति सञ्चालन पनि हुने पनि बताइएको छ।