इन्डोनेशियामा भुइँचालो र सुनामीले प्रायः 400 नागरिकको मृत्यु

0
1063

जकार्ता, 29 सेप्टेम्बर  इन्डोनेशियामा भुइँचालो र सुनामीको चपेटमा परी लगभग 400 मानिसको मृत्यु भएको छ। न्डोनेशियाको आपदा एजेन्सीले शनिवार बताएअनुसार सुलावेसी द्वीपमा भुइँचालो र सुनामीको कारण मर्ने मानिसहरूको सङ्ख्या लगभग 400 पुगेको छ। उपचारका लागि बाक्लो सङ्ख्यामा अस्पतालमा घाइतेहरू भर्ती भएका छन्। राहत र बचाकर्मी पनि पीड़ितहरूको सहायतामा अहोरात्र लागिपरेका छन्।
अमेरिकी भूगर्भ सर्वेका अनुसार शुक्रवार मध्य सुलावेसीको डोङ्ग्गालामाजमिनदेखि 10 किलोमिटर मुनि आएको 7.5 तीव्रताको भुइँचालो आएपछि यति ठूलो क्षति भएको हो। यो भुइँचालोको तीव्रता यस वर्षको शुरुमा लोमबोक द्वीपमा आएको भुइँचालोभन्दा धेरै अधिक थियो, जसमा सयौं मानिसले आफ्नो ज्यान गुमाएका थिए।
आपदा ए
जेन्सीका अनुसार सुलावेसी द्वीपको पालुमा 356 मानिस घाइते भएका छन्। त्यहीं पाँच-पाँच फुटउँचाइको लहर उठ्यो। जसको फलस्वरूप 350,000 जनसङ्ख्या भएको यो शहरलाई आफ्नो चपेटमा लियो।
स्थानीय आपदा एजेन्सी
का अधिकारी अकरिसका अनुसार धेरै घर क्षतिग्रस्त भएका छन्। टेलीभिजन फुटेजमा मानिसहरू आ-आफ्नो ज्यान बचाउन यता उता भागिरहेको देखिन्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here