जीटीए चियरमेन राहत कोषको सदुपयोगविषय 28 जनवरीमा बैठक

0
938

दार्जीलिङ, 24 जनवरीः दार्जीलिङ पहाड़का चियाश्रमिकहरूलाई कोरोनाकालमा सहयोग पुऱ्याउनका लागि जीटीएद्वारा स्थापना गरिएको जीटीए चियरमेन  राहत कोषमा जमा रकमको सदुपयोगलाई लिएर आउँदो 28 जनवरीका दिन हितधारकहरूलाई लिएर बैठक डाकिएको छ।

यसबारे आज जीटीए बीओएका अध्यक्ष अनित थापाले एक विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।

आर्थिक अनुदान दाता, नेता, श्रमिक सङ्गठन आदि हितधारकहरू उपस्थिति रहने उक्त बैठकमा जमा राहत कोषको सदुपयोगबारे विचार विमर्श गरिने पनि उनले बताएका छन्।

थापाका अनुसार अहिलेसम्म राहत कोषमा 3 करोड़ रुपियाँ जमा भएको छ। जीटीएले पनि यसमा सोही रकमको धनराशि थप्नेछ। हालसम्म 11000 मानिसले जीटीए चियरमेन राहत कोषमा आर्थिक सहयोग गरेका छन्।

‘आउँदो 28 जनवरी 2021-का दिन ‘जीटीए चियरमेन राहत कोष’ -को सदुपयोग विषय निर्णय लिन मैले एउटा स्टेकहोल्डरको बैठक बोलाएको छु’, विज्ञप्तिमा अनित थापाले भनेका छन्, ’सानै भए पनि यो राहत कोषको रकमले चिया श्रमिकहरूलाई केही सहायता पुऱ्याउने मेरो इच्छा छ। म चाहन्छु, यो राशिको सदुपयोग होस्। म सामूहिकता र एकजुटतामा आस्था राख्छु। 28 जनवरीको बैठकले चियाश्रमिकलाई बढ़ीभन्दा बढ़ी सहयोग हुने निर्णय लिएको होस्।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here