दार्जीलिङ, 28 जनवरीः जीटीए चियरम्यान राहत कोषमा जमा रकमको सदुपयोगका लागि जीटीए सचिवको अध्यक्षतामा एक कमिटी गठन गरिएको छ।
यस कमिटीले अर्को बैठक बसी राहत कोषमा जमा रकमको सदुपयोगबारे छलफल गरेपछि जीटीएलाई प्रस्ताव दिनेछ।
आज जीटीए चियरम्यान राहत कोष विषयक बैठकमा यस्तो निर्णय लिएको जीटीए बीओएका अध्यक्ष अनित थापाले बताए।
उनका अनुसार अहिलेसम्म जीटीए राहत कोषमा 2 करोड़12 लाख58 हजार9 सय 57 रुपियाँमा भएको छ। यति नै राशि जीटीएले थपेपछि यो राशि बढ़ेर 4 करोड़ 25 लाखभन्दा केही अधिक हुनेछ।
आजको बैठकमा जीटीएका प्रिन्सिपल सेक्रेटरी, विभिन्न राजनीतिक पार्टीका नेतृत्वहरू, श्रमिक सङ्गठनका प्रतिनिधिहरू, सङ्घ-संस्थाका प्रतिनिधिहरू, शैक्षिक संस्थानका प्रमुखतहरूलगायत अन्य उपस्थित थिए।
जीटीए चियरम्यान राहत कोषमा जमा राशि जनताको पैसा भएकाले यो पैसाको सदुपयोग सबैको परामर्शअनुसार गर्ने निर्णय आफूहरूले गरेकाले पनि आजको बैठक डाकिएको थापाले थप बताए।