ममतालाई एकपछि अर्को झट्काः राजीव ब्यानर्जीले विधायक पदसँगै छोड़े तृणमूल

0
1088

कोलकाता, 29 जनवरीः तृणमूल कङ्ग्रेस सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई फेरि अर्को झट्का लागेको छ।

केही दिनअघि वनमन्त्रीको पदबाट राजीनामा दिएका राजीव ब्यानर्जीले विधायक पदसँगै तृणमूल कङ्ग्रेसको साधारण सदस्यबाटै राजीनामा दिएका छन्।

ब्यानर्जीले आज राजीनामा दिएका हुन्।

उनले आज विधानसभा अध्यक्ष बिमान ब्यानर्जीसँग भेट गरी आफ्नो राजीनामा सुम्पिए। केही दिनअघि मात्र उनले क्याबिनेट मन्त्रीको पदबाट राजीनामा दिएका थिए।

अर्कोतिर उनले तृणमूल कङ्ग्रेसबाट पनि राजीनामा दिएका छन्। ब्यानर्जीले आफ्नो राजीनामा पार्टी सुप्रिमो ममता ब्यानर्जीलाई पठाएका छन्।

केही महिनायता असन्तुष्ट देखिएका राजीव ब्यानर्जीले आज तृणमूल कङ्ग्रेसबाटै राजीनामा दिएपछि भाजपामा सामेल हुने सम्भावना थप बलियो भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here