कोलकाता, 5 फरवरी : सर्वोच्च न्यायालयको निर्देशलाई राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आफूहरूको नैतिक जीत बताएकी छन्। उनले मङ्गलवार धरनास्थलबाटै भनिन्, “सुप्रिम कोर्टको फैसला हाम्रो जीत हो।’’
पछिल्ला तीन दिनदेखि धरना बसेकी ममताले थप भनिन्, “सुप्रिम कोर्टको फैसलाको हामी सम्मान गर्छौं। नैतिक रूपमा यो हाम्रो जीत हो।’’
उनका अनुसार कोलकाताका पुलिस कमिश्नर राजीव कुमारले कहिले पनि जाँचमा सहयोग गर्दिन भनेका छैनन्। ममताले सीबीआई बिना नोटिस राजीव कुमारको आवासमा पुगेको पनि बताइन्।
उल्लेखनीय छ, कोलकातामा 3 फरवरीको बेलुकी सीबीआई बनाम ममता ब्यानर्जीबीच लड़ाइँ अझै जारी छ।
हजारौं करोड़ रुपियाँको शारदा चिटफण्ड घोटालामा कोलकाताका पुलिस कमिश्नर राजीव कुमारसँग केरकार गर्न पुगेको सीबीआईको टीमलाई रोकेको तथा हिरासतमा लिएको मामिलामा आज सुप्रिम कोर्टमा सुनवाइ भयो।
सुप्रिम कोर्टले पुलिस कमिश्नर राजीव कुमारलाई जाँचमा सहयोग गर्ने र सीबीआईअघि उपस्थित हुने निर्देश दिएको छ। सुप्रिम कोर्टको निर्देशका अनुसार राजीव कुमार केरकारका लागि मेघालयको शिलङमा सीबीआईसमक्ष एक तटस्थ स्थानमा उपस्थित हुनपर्नेछ।