जनजातिको पारित प्रस्ताव बोकेर सिक्किम सरकार छिट्टै दिल्ली जाने

0
1026

गान्तोक, 31 जनवरीः सिक्किम सरकारले गत 11 जनवरीका दिन राज्य विधानसभामा 12 जातगोष्ठीलाई जनजातिको माग सम्बन्धमा पारित गरेको सरकारी प्रस्तावलाई आगामी 4 फरवरीपछि केन्द्र सरकारसमक्ष बुझाउने भएको छ।

मुख्यमन्त्री पीएस गोलेले आज पश्चिम सिक्किमको सोरेङ खेल मैदानमा एउटा सरकारी कार्यक्रमलाई सम्बोधन गर्दै यो जानकारी दिएका हुन्।

उनले बताएअनुसार 4 फरवरीपछि राज्य सरकार एउटा प्रतिनिधि टोली लिएर देशको राजधानी नयाँ दिल्ली जानेछ अनि प्रधानमन्त्री नरेन्द्र मोदी साथै अन्य सम्बन्धित निकायहरूमा पारित प्रस्ताव बुझाउनेछ।

पछिल्लो दिल्ली भ्रमणमा भारत सरकारका गृहमन्त्री अमित शाहलाई अगावै उक्त प्रस्ताव बुझाइसकेको पनि उनले आज जानकारी गराए।

अर्कोतिर, मुख्यमन्त्रीले यस सम्बन्धमा पूर्वको एसडीएफ सरकारको आलोचना पनि गरे।

चामलिङ  सरकारले 11 जातगोष्ठीलाई जनजाति मान्यताको माग गरे तापनि काम भने त्यसको ठीक उल्टा गरेको उनको आरोप थियो।

मुख्यमन्त्रीले बर्मन कमिशनको रिपोर्टलाई उद्धृ गर्दै चामलिङ सरकारमाथि यस्तो आक्षेप लगाएका हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here