नयाँ दिल्ली, 1 फरवरीः आज वित्त मन्त्री निर्मला सीतारमणले आम बजेट 2021 प्रस्तुत गर्दै बङ्गाल र असमका चियाश्रमिकहरूका लागि महत्त्वपूर्ण घोषणा गरेकी छन्।
बजेटमा बङ्गाल र असमका चियाश्रमिकहरूका लागि एक हजार करोड़ रुपियाँको घोषणा गरिएको छ।
चियाश्रमिकहरूका लागि भनिएको यो राशि विशेषगरी महिला र बालबालिकाहरूका लागि हो।
यद्यपि यो घोषणालाई चुनाउसँग जोड़ेर हेरिँदैछ, किनभने यी दुवै राज्यमा यसै वर्षको अप्रेल-मई महिनामा विधानसभा चुनाउ हुनेछ।
अर्कोतिर वित्त मन्त्रीले बङ्गालका लागि नयाँ हाइवे निर्माणको उपहार पनि दिएकी छन्।
उनले कोलकाता-सिलगढ़ीबीच 675 किलोमिटर लामो नयाँ राष्ट्रिय राजमार्गको निर्माण गरेकी छन्। यसका लागि बजेटमा 25,000 करोड़ रुपियाँको प्रावधान गरिएको छ।
यसमा कोलकाता-सिलगढ़ी मार्गको मरम्मतीको काम पनि सामेल छ।
हाइवेबाहेक बङ्गालमा रेल फ्रेट कोरिडोर परियोजनाको घोषणा पनि बजेटमा गरिएको छ।
उल्लेखनीय छ, बजेटमा चियाश्रमिकहरूका लागि घोषणा गरिएको एक हजार करोड़ राशिबाट विशेषगरी उत्तर बङ्गालका चियाश्रमिकहरू लाभान्वित हुनेछन्।