गान्तोक, 3 फरवरीः सुकमान (एसएम) सुब्बाले सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-बाट राजीनामा दिएका छन्।
संस्थापक सदस्यसमेत रहेका उनी दक्षिण-पश्चिम जिल्ला साङ्गठनिक महासचिव प्रभारी पदमा पनि थिए।
सुब्बा दरामदिन समष्टिअन्तर्गत् तिक्पुरनिवासी हुन्।
उनले आफ्नो राजीनामा दक्षिण-पश्चिम जिल्ला पार्टी कार्यालयमार्फत् पार्टी अध्यक्षलाई पठाएका छन्।
साथै सुकमान सुब्बाले राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-मा सामेल हुने पनि आफ्नो राजीनामा पत्रमा जानकारी गराएका छन्।