दिल्लीका गोर्खाली नानीहरूमाझ बसेर चित्र बनाऊ प्रतियोगिता

0
1260

नयाँ दिल्ली, 3 फरवरीः पछिल्ला 6 वर्षदेखि विभिन्न प्रकारका सृजनात्मक कार्य गर्दै आएको गोर्खा मदर्स वेलफेयर सोसाइटी, दिल्लीले पछिल्लो शनिबार नानीहरूमाझ ‘बसेर चित्र बनाऊ प्रतियोगिताको आयोजन गरेको थियो।

यो प्रतियोगिता दिल्लीको मुनिरकास्थित बाल्मिकी मन्दिरमा आयोजन गरिएको थियो।

‘ए’ र ‘बी’ गरी दुई समूहमा बाँड़िएको यो प्रतियोगितामा कुल 30 जना नानीले अंशग्रहण गरेका थिए।

समूह ‘ए’-मा 13 र ‘बी’ समूहमा17 जना नानीले सहभागिता जनाएका थिए, जसअन्तर्गत ‘ए’ समूहमा कुसुम मगर पहिलो, रोशनी गदाल दोस्रो र हिमानी कोहली तेस्रो भए।

यसैगरी समूह ‘बी’-मा क्यानम लेप्चा, दोस्रो आर्यन शर्मा र अदिति सुनाम भए।

प्रतियोगितामा निर्णायकहरू क्रमैले अनिता छेत्री, शुभम तामाङ र सीमा छेत्री थिए भने कार्यक्रममा प्रमुख अतिथिका रूपमा दिल्लीका वरिष्ठ समाजसेवी राजु शङ्करलगायत अन्य अतिथिहरूमा सुशान्त बस्नेत, शिवलाल ज्ञवाली, कमला शर्मा, रबर्ट लेप्चा  र प्रेम छेत्री उपस्थित थिए।

प्रतियोगितामा आफ्ना छोराछोरीलाई भाग लिनका लागि प्रेरणा र मार्गदर्शन प्रदान गर्ने अभिभावकगण, प्रतियोगीहरूको प्रतिभाको निष्पक्ष परीक्षा लिने निर्णायकगण, प्रतियोगीहरूलाई पुरस्कार प्रदान गर्नका लागि आर्थिक सहयोग पुराउने दाताहरू अनि भवन प्रदान गर्ने संस्थाप्रति गोर्खा मदर्स वेलफेयर सोसाइटीले आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको आशा राखेको जानकारी सोसाइटीकी सञ्चार प्रभारी सुनिता राईले दिएकी छिन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here