युईजीसीएफले भोलि सिलगढ़ीमा जुलूस निकाल्ने, भन्यो-जनजातिको मान्यता देऊ, भोट लैजाऊ

0
1145

सिलगढ़ी, 6 फरवरीः जनजातिको मान्यता माग गर्दै भोलि सिलगढ़ीमा युनाइटेड इन्डिजिनियस गोर्खा कम्युनिटी फोरमले जुलूस निकाल्नेछ।

आज फोरमका उपाध्यक्ष अशोक गुरुङले जर्नलिस्ट क्लब सिलगढ़ीमा पत्रकारहरूलाई सम्बोधन गर्दै यसबारे जानकारी गराएका हुन्।

उनका अनुसार मल्लगढ़ीस्थित हनुमान मन्दिरबाट निकालिने उक्त जुलूस गुरुङ बस्ती मोड़ पुगेर पुनः फर्केपछि दार्जीलिङ मोडदेखि माथिस्थित मङ्ल माइती भवन पुगेर समापन हुनेछ। जुलूस शान्तिपूर्ण हुनेछ। कुनै प्रकारको नाराबाजी हुनेछैन। जुलूसमा  सहभागीहरूले आ-आफ्नो ब्यानर बोक्नेछन्।

गुरुङका अनुसार जुलूसमा दार्जीलिङ पहाड़, तराई एवं डुवर्सबाट मानिसहरूले सहभागिता जनाउनेछन्।  

जनजाति मान्यताका लागि केन्द्र सरकारलाई चाप दिनका लागि नै भोलि जुलूस निकाल्ने निर्णय गरिएको पनि बताइएको छ।

अहिलेसम्म छुटेका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिनका लागि केन्द्र सरकारले गम्भीरता देखाएको छैन।

यसैले पनि यी 11 जातगोष्ठीका शाखाहरूले  ‘नो ट्राइबल स्टेट्स, नो भोट’-को प्रस्ताव फोरममा पठाइरहेको पनि गुरुङले बताए। फोरमले पनि यसबारे सोचिरहेको उनले बताएका छन्।

“अब गिफ एन्ड टेक पोलिसीमा एउटा हातले दिनुपर्छ, अर्को हातले लिनुपर्छ। अब हामी बाँकीमा काम गर्नेछैनौँ”, अशोक गुरुङले थपे, “पहिला भोट देऊ, मन्त्री नेता बनाऊ, त्यसपछि तिमीहरूको माग पूरा गर्छौ भन्ने कुरा अब एकदमै हुनेछैन। यो एउटै मुद्दामा भोलि हामीले जुलूस निकालिरहेका छौँ।” 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here