उत्तराखण्डमा प्राकृतिक आपदा, 150 मजदुर बेपत्ता

0
949

देहरादुन, 7 फरवरीः उत्तराखण्ड ठूलो प्राकृतिक आपदाको चपेटमा परेको छ। राज्यको चमेली जिल्लामा हठात् असिमित परिणाममा ग्लेशियर पग्लेको कारण आएको बाढ़ीले जिल्लाको तपोवन क्षेत्रमा निर्माणाधीन बाँधलाई क्षति पुऱ्याएको छ।

स्थानीय स्रोतलाई उद्धृत गर्दै राष्ट्रिय मिडियाहरूले उल्लेख गरेअनुसार यस प्राकृतिक आपदाको चपेटमा परी करिब 150 जना मजदुर बेपत्ता बनेका छन्।

यद्यपि बेपत्ता हुनेहरूको सङ्ख्या अहिले नै किटान गरेर भनिहाल्न सकिँदैन।

जानकारीका अनुसार राहत एवं बचाऊ कार्यमा आईटीबीपी र एनडीआरएफका जवानहरू लागिपरेका छन्।

अत्यधिक ग्लेशियर पग्लेका कारण ऋषिगङ्गा र अलकनन्दा बढ़ेको छ।

यसबारे जानकारी गराउँदै केन्द्रिय गृहमन्त्री अमित शाहले भनेका छन् “उत्तराखण्डमा आज बिहान 11 बजी जोशीमठको छेउछाउ ठूलो दुर्घटना भएको छ।” ग्लेशियर पग्लिँदा पानीको जलस्तर बढ़ेको उनले बताएका छन्।

गृहमन्त्रीका अनुसार ज्यानमालको क्षति भएको प्रारम्भिक सूचना प्राप्त भएको छ।

उनले थप बताएअनुसार एनडीआरएफका तीन टिम घटनास्थलमा पुगेको छ। रहल अन्य टिम पनि दिल्लीबाट चाँड़ै उत्तराखण्ड प्रस्थान गर्नेछन्।

जी न्युजका अनुसार यस प्राकृतिक आपदाका कारण तीनजना मृत्यु भएको र दुइजनाको शव पाइएको छ।

समाचार एजेन्सीहरूको सहयोगमा

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here