कालेबुङ, 8 फरवरीः कालेबुङमा दाजुले आफ्नै भाइको हत्या गरेको घटना प्रकाशमा आएको छ।
हत्याको यो घटना साढ़े 10 माइलमा भएको हो।
कालेबुङ पुलिसका अनुसार हत्याका आरोपी रितेश पञ्चकोटीलाई पक्राउ गरिएको छ।
पुलिसका अनुसार साढ़े 10 माइलनिवासी दाजु रितेश पञ्चकोटी (34)-ले आफ्ना भाइ रोहित पञ्चकोटी (32)-लाई टाउकोमा मार्तोलले हिर्काएर हत्या गरेका हुन्।
जानकारीका अनुसार घरमा उनीहरू दाजु-भाइ मात्र बस्ने गर्थे। राति केही दुइबीच केही कारणवश झगड़ा हुँदा दाजुले भाइको हत्या गरेको हो।
पुलिसले हत्यारोपी रितेश पञ्चकोटीसँग केरकार गरिरहेको बताइएको छ।