कालेबुङ, 12 फरवरीः कालेबुङ खण्ड दुईअन्तर्गत् कागे ग्राम पञ्चायतस्थित डुकानिवासी रोशन लेप्चाको घरमा आगलागी भएको घटना प्रकाशमा आएको छ।
जानकारीका अनुसार यो घटना आज अपराह्न करिब तीन बजी भएको हो।
जतिबेला आगलागीको घटना घट्यो, त्यसबेला घरमा रोशन लेप्चाका 78 वर्षीय पिता जम्पन लेप्चा मात्र घरमा थिए। पीड़ित रोशन लेप्चा भने बिहानै कालेबुङ बजार गएका थिए। यसैले पनि घरभित्रका सरसमान निकाल्न नपाएको र सबै जलेको बताइएको छ।
पीड़ित रोशन लेप्चाका दाजु सिल्भेस्टर लेप्चाका अनुसार आगलागीका कारण करिब दुई लाख रुपियाँ बराबरको समान जलेर खरानी भएको छ।
आगलागी सट्सर्किटको कारण भएको बताइएको छ।