27 माइलको ड्यामबाट शव बरामद

0
982

कालेबुङ, 13 फरवरीः  27 माइलको ड्यामबाट शव बरामद भएको छ। शवलाई ड्यामबाट  निकाल्नका लागि टिस्टारङ्गीत उद्धार केन्द्रको टिम र रियाङ पुलिस त्यहाँ पुगेको छ।

जानकारीका अनुसार उक्त शव अम्बियोक सीताढुङ्गेनिवासी अनिशा राईको हो।

उल्लेखनीय छ, पछिल्लो 31 जनवरीका दिन त्रिवेणीमा पिकनिक खेलेर अम्बियोक सीताढुङ्गेतर्फ फर्किरहेको बेला राति करिब 10 बजी डब्ल्यूबी 028565 नम्बरकोअल्टो गाड़ी टिस्टा गाड़ीमा दुर्घटनाग्रस्त भई सोझै टिस्टा नदीमा खसेको थियो।

त्यस गाड़ीमा अनिशा राईलगायत उत्तम राई, देशकुमार राई, प्रयास शाह गरी र अशोक राई (चालक) सवार थिए। वाहनसँगै उनीहरू टिस्टा नदीमा बेपत्ता बनेका थिए।

दुर्घटना भएको दुईपछि उत्तम राई र प्रयास शाहको शव वाहनसँगै टिस्टा नदीबाट निकालिइएको थियो भने वाहनलाई बाहिर निकाल्नेक्रममा अनिशा राई, अशोक राई र देश कुमार राईको शव पुनः नदीमै झरेपछि हरेको थियो।

आज करिब 13 दिनपछि अनिशा राईको शव बरामद भएको हो भने अशोक राई र देश कुमार राई अझै बेपत्ता बनेका छन्।

उल्लेखनीय छ, टिस्टा रङ्गीत उद्धार केन्द्रको टिमले लगातार खोजीकार्य जारी राखेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here