कालेबुङ, 14 फरवरीः पछिल्लो 14 दिनदेखि लगातार खोजीकार्य जारी राखेको टिस्टारङ्गीत उद्धार केन्द्रको टोलीले आज 27 माइलनजिक नदी किनारबाट दुइवटा शव बरामद गरेको छ।
बरामद भएका ती दुइवटा शव अम्बियोक सीताढुङ्गेनिवासी अशोक राई र देशकुमार राईको हुनसक्ने अनुमान गरिएको छ।
उल्लेखनीय छ, पछिल्लो 31 जनवरीका दिन त्रिवेणीमा पिकनिक खेलेर अम्बियोक सीताढुङ्गेतर्फ फर्किरहेको बेला राति करिब 10 बजी डब्ल्यूबी 028565 नम्बरकोअल्टो गाड़ी टिस्टा गाड़ीमा दुर्घटनाग्रस्त भई सोझै टिस्टा नदीमा खसेको थियो।
त्यस गाड़ीमा अशोक राई (चालक) र देशकुमार राईलगायत उत्तम राई, प्रयास शाह र अनिशा राई गरी पाँचजना सवार थिए। भने उनीहरू वाहनसँगै टिस्टा नदीमा बेपत्ता बनेका थिए।
दुर्घटना भएको दुईपछि उत्तम राई र प्रयास शाहको शव वाहनसँगै टिस्टा नदीबाट निकालिइएको थियो भने वाहनलाई बाहिर निकाल्नेक्रममा अशोक राई, देशकुमार राई र अनिशा राईको शव पुनः नदीमै झरेपछि हरेको थियो।
करिब 13 दिनपछि हिजो अनिशा राईको शव बरामद भएको थियो भने अशोक राई र देश कुमार राई अझै बेपत्ता बनेका छन्।
आज बरामद भएका दुइवटा शव अशोक राई र देशकुमार राईको हुनसक्ने अड़काल काटिए तापनि आफन्तहरू आएर चिह्नित गरेपछि मात्र पुष्टि हुने बताइएको छ।
यो समाचार लेखुञ्जेलसम्म दुइवटा शवलाई नदीबाट बाहिर निकाल्ने कार्य चलिरहेको छ।