सिक्किममा भोलिदेखि एलकेजीदेखि पाँचौँ श्रेणीसम्मका पाठशाला पनि खोलिने

0
1088

गान्तोक, 14 फरवरीः  भोलि (सोमबार) अर्थात् 15 फरवरीदेखि नयाँ शैक्षिक नयाँ सत्रसँगै एलकेजीदेखि पाँचौँ श्रेणीसम्मका पाठशाला पनि खोलिने भएको छ।

कोभिड महामारीका कारण पछिल्लो वर्षको मार्चदेखि बन्द रहेका स्कूल अब भोलिदेखि खुल्ने निश्चित भएको छ।

सिक्किम सरकारको शिक्षा विभागले एउटा परिपत्र जारी गरी सरकारको स्वीकृतिमा सरकारी, निजी तथा सरकारद्वारा अनुदानप्राप्त सबै स्कूलमा एलकेजीदेखि पाँचौँ श्रेणीसम्मको पनि पढाइ थालिने जानकारी दिएको छ।

कक्षा केन्द्र सरकारको शिक्षा मन्त्रालय र राज्यको शिक्षा विभागका दिशानिर्देशहरू कड़ाइका साथ अनुसरण गरिनुपर्नेछ।

विद्यालयमा विद्यार्थीहरूको उपस्थिति अभिभावकको सहमतिमा हुनेछ र यसलाई पनि कड़ाइका साथ पालन गरिनुपर्नेछ।

यसरी नै प्राथमिकस्तरसम्म धेरै विद्यार्थी भएका कक्षामा क्षमताको 50 प्रतिशतका आधारमा अथवा अड-इभन रोल नम्बरका आधारमा पढाइ आरम्भ गरिनुपर्नेछ भने थोरै विद्यार्थी भएका कक्षा कोभिड सुरक्षा प्रोटोकलका आधारमा आवश्यक दूरीलाई पालन गर्दै सञ्चालन गरिनुपर्नेछ।

सबै स्कूल अपराह्न 2 बजीसम्म खुल्ला रहनेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here