विकास बोर्डको पहिलो बैठक सम्पन्न, अमरसिंह राईले भने – दिगो विकासको लक्ष्य हाम्रो प्रमुखता

0
1378
बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै विकास बोर्डका अध्यक्ष एवं दार्जीलिङका विधायक अमरसिंह राई।

दार्जीलिङ, 28 सेप्टेम्बर : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले यसै महिनाको 4 तारिख दार्जीलिङको विकास गर्नार्थ गठन गरेकी विकास बोर्डको पहिलो मिटिङ शुक्रवार लालकोठीमा बसियो। यो बैठकलाई  बोर्डकै अध्यक्ष अमरसिंह राईले अध्यक्षता गरेका थिए। उनी दार्जीलिङका  विधायक पनि हुन्।
यो पहिलो बैठकमा उनले कमिटीका सदस्यहरूलाई विकासको योजना तयार पारेर तिहारपछि बसिने बोर्डको दोस्रो बैठकमा राख्ने सुझाएका छन्। जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले बताएअनुसाए आजको बैठकमा राज्यको अल्पसङ्ख्यक विषयक विभागका मुख्य सचिव एसके ठाडे, गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन(जीटीए)-को बोर्ड अव् एड्मिनिस्टेटर (बीओए)-का अध्यक्ष विनय तामाङ, सबै विकास बोर्डका अध्यक्षहरूलगायत खरसाङ र कालेबुङका विधायकद्वय डा. रोहित शर्मा र सरिता राई पनि उपस्थित थिइन्। बैठकमा विशेषगरी पहाड़ पहाड़मा अल्प अवधि, मध्यावधि र दीर्घावधिका विकास योजनाहरूबारे गहन छलफल गरिएको थियो।
बैठकपछि राईले पत्रकारहरूलाई यसबारे जानकारी गराएका थिए। उनले भने, “यो कमिटीले आगामी फरवरी 2019-भित्र दार्जीलिङ पहाडमा के-कस्ता विकासकार्यहरू गर्न सकिन्छ भन्नेबारे सरकारलाई रिपोर्ट बुझाउनपर्नेछ।राईका अनुसार दार्जीलिङ पहाड़का लागि पर्यटन, कौशल विकास, शिक्षा, रोजगार सेटालाइट टाउन र अन्य विकास योजनामाथि कमिटीले प्रमुखता दिनेछ। यसका लागि आगामी तिहारपछि हुने बैठकमा थप छलफल हुनेछ भने कमिटीका सदस्यहरूले आ-आफ्ना क्षेत्रका विकास योजना राख्नेछन्।  यसका लागि एक्शन प्लान नै बनाएर समावेशी विकास गर्ने सोचमा बोर्ड कार्य गर्ने राईको भनाइ छ। सबैलाई समेटेर दार्जीलिङ पहाड़को दिगो विकास अनिवार्य छ”, उनले भने।
पत्रकारहरूलाई सम्बोधन गर्दै उनले अबउसो दार्जीलिङ पहाड़मा हुने विकास मुनिल्लो तहबाट माथिल्लो तहसम्म पुग्नुपर्नेछ। विकासका कार्यहरू हालसम्म केवल माथिल्लो तहदेखि थोपिने प्रथा छ, अब यसको ठीक उल्टो योजना गर्नुपर्छ भन्ने लागेको छ। अब कुनै पनि विकास योजनाहरू ग्राम पञ्चायत, वार्ड स्तरबाट अघि आएको उचित हुनेछ, जसलाई माथिल्लो तहले अनुमोदन गरिदिनुपर्छ।साथै उनले यी दिगो विकासकार्यका लागि निर्दिष्ट लक्ष्य हुनुपर्ने कुरामा पनि जोड़ दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here