२४ परगानामा शाहको गर्जन- तृणमूल कङ्ग्रेसलाई उखेलेर फ्याँक्नेछौँ

0
903
फोटो साभारः एएनआई ट्विटर।

कोलकाता, १८ फरवरीः हिजो राति कोलकाता आइपुगेका गृहमन्त्री अमित शाहले आज २४ परगाना जिल्लाको काकद्वीपमा भाजपाको पाँचौँ परिवर्तन ऱ्यालीलाई हरियो झण्डा देखाए।

यसअवधि उनले ऱ्यालीलाई सम्बोधन गर्दै आउँदो विधानसभा चुनाउमा सत्तारूढ़ तृणमूल कङ्ग्रेसलाई जरैबाट उखेलेर फ्याँक्ने ठोकुवा गरे।

आफ्नो सम्बोधनअवधि उनले ममता सरकारको सक्दो आलोचना गरे।

यसैगरी उनले बङ्गालमा भाजपा सरकार गठन भएमा राज्यका सबै सरकारी कर्मचारीलाई सातौँ वेतन आयोगको लाभ दिने बताए। “शिक्षकहरूलाई उचित मापदण्ड प्राप्त होस्, यसका लागि भाजपा सरकारले एक कमिटी गठन गर्नेछ”, शाहले भने।

उनले आरोपका अनुसार तृणमूल कङ्ग्रेसका ‘गुण्डाहरू’-ले अहिलेसम्म भाजपाका १३० कार्यकर्ताको हत्या गरिसकेका छन्।

तर भाजपा कार्यकर्ताहरूको यो बलिदान व्यर्थै खेरो नजाने अमित शाहले बताए।

“तृणमूल कङ्ग्रेसका गुण्डाहरूले हाम्रा १३० कार्यकर्तालाई मारेको छन्। उनीहरूको वीरगति व्यर्थ जानेछैन”, उनले थपे, “बङ्गालको धरतीमा कमल फुल्नेछ।”

उल्लेखनीय छ, केन्द्रिय गृहमन्त्री अमित शाह दुइदिने भ्रमणका लागि बङ्गाल आएका हुन्।

यसैबीच उनले आज बङ्गालमा परिवर्तनको हावा स्पष्ट देखिरहेका बताउँदै भाजपा सरकार पूर्ण बहुमतसँग सरकारमा आउने ठोकुवा पनि गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here