चिम्नी-देउरालीमा पिउने पानीको शिलान्यास, पङ्खाबारीमा सार्वजनिक भवनको उद्घाटन

0
1009

खरसाङ, १८ फरवरीः जीटीए बीओएका अध्यक्ष अनित थापाले आज चिम्नी देउराली समष्टिस्थित देउरालीमा पिउने पानीको शिलान्यास गरे।

अर्कोतिर आजै उनले पङ्खाबारीमा सार्वजनिक भवनको उद्घाटन गरे। यो सार्वजनिक भवन जीटीएको सिँचाई एवं जलपथ विभागद्वारा निर्माण गरिएको हो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए बीओए अध्यक्ष थापाले विमल गुरुङमाथि तीखो शब्दमा कटाक्ष गर्दै अहिले गुरुङले खरसाङका वृद्ध-वृद्धाहरूलाई एक हजार रुपियाँ बाँड़ेर स्वाभिमान किन्ने कार्य गरिरहेको आरोप लगाए।

“एक हजार थापेर आफ्नो स्वाभिमान नबेच्नुस्। एक हजारले हाम्रो विकास र उन्नति हुँदैन”, थापाले थपे, “एक हजारले हाम्रो जिन्दगी जाँदैन। साढ़े तीन वर्ष विस्थापित भएको भन्छ, जङ्गल पसेको भन्छ, तर फेरि यहाँ आएर पैसा बाँड़्दैछ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here