सरकारले कृषि र कृषकलाई उच्च प्राथमिकता दिएको मुख्यमन्त्री गोलेको दाबी

0
1143

गान्तोक, १८ फरवरीः  सिक्किम सरकार अधीनस्थ सिक्किम अर्ग्यानिक फार्मिङ डेवलपमेन्ट एजेन्सीले आज गान्तोकको मनन केन्द्रमा मिशन अर्ग्यानिक भेल्यु चेन डेवलपमेन्ट फर नर्थ इस्टर्न रिजन योजनाअन्तर्गत् फार्मर्स प्रड्युसर्स अर्गनाइजेशन तथा एफपीओ-हरूलाई लिएर राज्यस्तरीय हितधारक कार्याशाला आयोजन गऱ्यो।

कार्यशालाको समापन समारोहमा मुख्यमन्त्री पीएस गोले मुख्य अतिथि थिए।

मुख्यमन्त्री गोलेले विभागद्वारा सातवटा एफपीओ-हरूलाई प्रदान गरिएका ट्रकहरूलाई फ्ल्यागअफ् गर्नका साथै  मुख्यमन्त्री राहत कोषबाट कोरोना महामारीले प्रभावित 282 जना पुष्प कृषकलाई 8 लाख 82 हजार 222 रुपियाँ सहयोगराशि पनि प्रदान गरे।

आफ्नो सम्बोधनमा मुख्यमन्त्री गोलेले कृषकहरूको हितमा राज्य र केन्द्र सरकारले धेरैवटा योजना लागू गरेको तर ती योजनाहरूबारे किसानहरूलाई जानकारी नभएकोले यस प्रकारका कार्याशालाहरू अति नै आवश्यक भएको बताए। वर्तमान सरकारले कृषि र किसानहरूलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको उनले दावी गरे।

सरकारले दूधमा प्रतिलिटर अतिरिक्त आठ रुपियाँ सहयोगराशि दिने गरेको बताउँदै उनले प्रत्येक महिना सरकारबाट एक करोड़ रुपियाँ सीधै राज्यका दूध उत्पादक किसानहरूको गोजीमा जाने उल्लेख गरे।

यसरी नै पाँचवटा फसलमा पनि अतिरिक्त सहयोगराशि दिन आरम्भ गरिएको जसको रकम अझै वृद्धि गरिने मुख्यमन्त्रीले बताए।

एफपीओ-का प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले सङ्गठनलाई अझ बलियो र सक्रिय बनाउने अपील गरे।

कृषि मन्त्री लोकनाथ नेपालले एफपीओको गतिविधिमाथि प्रकाश पारेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here