गेजिङ कलेजका चार विद्यार्थी निष्कासित, एसपीवाईएफले गऱ्यो सरकारको आलोचना

0
1343

गान्तोक, १९ गान्तोकः गेजिङ कलेजको पूर्वाधार विकास सम्बन्धमा शिक्षा मन्त्रीलाई भेट्ने भन्दै शिक्षा विभागमा धरना दिएका विद्यार्थीहरूमध्येका चारजनालाई गेजिङ कलेजले निष्कासित गरेको छ।

निष्कासित हुने विद्यार्थीमा प्रवीण शर्मा, प्रवीण बस्नेत, नकुल शर्मा र लोकनाथ छेत्री रहेका छन्।

विद्यार्थीको निष्कासनलाई लिएर सिक्किम प्रोग्रेसिभ यूथ फोरम (एसपीवाईएफ)-ले सरकारको कड़ा आलोचना गरेको छ।

विद्यार्थीको निष्कासन सम्बन्धमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै एसपीवाईएफले सिक्किम सरकारले जे गर्‍यो त्यस्तो कार्य नाजी र जारहरूले पनि नगरेको आरोप एसपीवाईएफको छ।

सरकारी कलेज गेजिङ 2010-देखि उचित पूर्वाधारको अभावमा सञ्चालन भइरहेको र यहाँको पूर्वाधार विकासबारे सचेत विद्यार्थीले आवाज उठाउँदा वञ्जित वर्गबाट आउने विद्यार्थीको बढ्दो चेतनालाई दबाउन कलेज प्रशासनले राज्य सरकारसित मिलेर जार, हिटलर वा बेलायती साम्राज्यवादीहरूले समेत नगरेको अत्याचार विद्यार्थीहरूलाई गरेको एसपीवाईएफले आरोप लगाएको छ।

एसपीवाईएफले कलेजको निर्णयलाई कायर, अलोकतान्त्रिक, शिक्षा र विद्यार्थीविरोधी निर्णय बताउँदै यस निर्णयको निन्दा गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here