पूर्वको सरकारले शेर्पालाई माया गरेजस्तो गरी आश्वासनमै अल्झाएको मुख्यमन्त्रीको भनाइ

0
990

गान्तोक, १९ फरवरीः तिमी-नाम्फिङ समष्टिको रूकुमटारमा आज ग्रामीण पर्या पर्यटन एवम् शेर्पा ल्होसार भव्य रूपमा पालन गरियो।

रूकुमटार-गाङ्चुङको ग्रामीण पर्यटन विकास समितिले आयोजन गरेको यस कार्यक्रममा मुख्यमन्त्री पीएस गोले मुख्य अतिथि थिए।

कार्यक्रमको मुख्य आकर्षण फुटबल प्रतियोगिता रहेको थियो भने यस प्रतोगितामा शून्यको विरुद्ध एक गोल गरी रेड पाण्डालाई अम्चु ब्वोइजले पराजित गऱ्यो।

12 फरवरीदेखि आरम्भ भएको उक्त प्रतियोगिताको फाइनल खेल आगामी 25 फरवरीमा हुनेछ।

आफ्नो सम्बोधनमा मुख्यमन्त्री गोलेले पूर्व सरकारमा विकसित नभएका स्थानहरूलाई पनि वर्तमान सरकारले महत्त्व दिइरहेको बताए।

पूर्व सरकारले शेर्पा जातिलाई बाहिरबाट मात्र माया गरेजस्तो गरी आश्वासनमै टारेको आरोप लगाउँदै उनले एसकेएम सरकार आएपछि सिक्किमको इतिहासमा प्रथमपल्ट शेर्पा समुदायबाट पनि मन्त्री बन्न सकेको उल्लेख गरे।

सरकारले कोभिड 19-को महामारीका कारण भनेजस्तो गतिमा विकास कार्यलाई अघि बढ़ाउन नसकेको बताउँदै मुख्यमन्त्रीले अहिले विकासका कामहरू धमाधम चलिरहेको दावी पनि गरे।

साथै सरकारद्वारा निर्माण गरिएका पूर्वाधारहरूको संरक्षण गर्ने जिम्मेवारी जनताको हो भन्दै उनले सिक्किमे जनता आत्मनिर्भर बन्नपर्ने कुरामा जोड़ दिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here