एसडीएफका पदाधिकारीहरू भाजपामा सामेल

0
916

गान्तोक, २१ फरवरीः सिक्किमको विपक्षी राजनीतिक दल एसडीएफ त्यागेर भारतीय जनता पार्टीमा सामेल हुने प्रक्रिया जारी रहेको छ।

आज सिङ्तामस्थित भाजपाको प्रदेश कार्यालयमा आयोजित एक कार्यक्रमबीच पश्चिम पाण्डामबाट एसडीएफ मजदुर मोर्चाका महासचिव  हरिप्रसाद छेत्री,  समन्वयक हेमन्त सुब्बा, तिमी नाम्फिङबाट अधिवक्ता एवम् कानुनी सल्लाहकार डा. बीसी तामाङ,  छुजाचेनबाट संयोजक दिपेन्द्र राई,  स्यारीबाट एसडीएफका संयोजक नरेश तामाङ अनि गान्तोकबाट संयोजक सुकराज सुब्बा भाजपामा सामेल भएका छन्।

कार्यक्रममा प्रदेश महासचिव भरत दुलाल, उपाध्यक्ष एसबी कार्की,  पूर्व जिल्ला अध्यक्ष भानु दाहाल, महासचिव साङ्गे पल्जर र  पूर्व विधायक एनबी खतिवड़ाले सामेल हुनेहरूलाई खदा लगाएर स्वागत जनाए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here