राजु भाइ मुख भन्दैमा जताभावी नबोल्नू: विमल गुरुङ

0
1030

मिरिक, २१ फरवरीः विमल गुरुङले मिरिकको जनसभाबाट पनि भारतीय जनता पार्टी (भाजपा) र दार्जीलिङका सांसद राजु बिष्टको तीखो शब्दमा आलोचना गरे।

उनले आज आफ्नो सम्बोधनमा विशेषगरी बिष्टलाई तारो बनाए। सांसद राजु बिष्टले धेर मुद्दा बिगारिदिएको आरोप पनि गुरुङले दोहोऱ्याए।

“राजु भाइले भनेका कुराहरू मैले डिसक्लोज्ड गर्न नपरोस्। यदि यी कुराहरू डिसक्लोज्ड गरिदिए भने तिमीलाई भाजपाले निकालिदिनेछ। तिमीले आफ्ना दुइजना नानीको कसम खाएर मलाई भनेका कुराहरू छन्। ढाँटेर राजनीति हुँदैन। मसँग प्रमाण छ भाइ। यदि तिमीले मलाई प्रमाण देउ भन्छौँ भने पनि म प्रमाण दिन्छु”, विमलले थपे, ”भाइ मुख छ भनेर जताभावी नबोल्नू। भाइले ज्यादा बोलेर बिगारिदियो हाम्रो मुद्दालाई; हिजोको दिन जसवन्त सिंह र एसएस अहलुवालियाले बोल्दै नबोलेर बिगारिदियो। राजु भाइ यत्ति धेरै बोल्छ, बोलेरै खत्तम बनाइदियो।”

गुरुङको दावीका अनुसार पछिल्लो समय दार्जीलिङका घटक दलहरूका प्रतिनिधिहरूलाई दिल्ली लिएर जाँदासम्म सांसद राजु बिष्टले गृहमन्त्री अनित शाहलाई भेटेका थिएनन्। गृहमन्त्रीसँग भेट गराउनका लागि उनीहरूसँग अनुरोध गरेको विमलको दावी छ।

साथै भूपेन्द्र यादवसँग राजु बिष्टलाई भेटाउने आफू नै रहेको उनको दावी छ। यी कुराहरूको आफूसँग प्रमाण पनि रहेको विमलले बताए।

“भाइ मैले ढाँटेको हो भने ढाँटेको भन, म प्रमाण दिन्छु। नक्सा खिचेर राखेको छु”, उनले थपे।

उनका अनुसार भाजपाले ढाँट्नुसम्म ढाँटेकै कारण आफूहरूले भाजपाको साथ छोड़ेको खुलाए।

गुरुङको दावीका अनुसार भाजपाले गर्छु भनेको स्थायी राजनीतिक समाधान तृणमूल कङ्ग्रेसले पनि गर्छु भनेपछि उनीहरूले तृणमूल कङ्ग्रेससँग हात मिलाएको हो।

“म त्यसै आएको होइन, म आउनुको पनि अर्थ छ”, विमलले भने।

आफ्नो सम्बोधनअवधि विमलले विनय तामाङ र अनित थापामाथि तीखो कटाक्ष गरे। यद्यपि उनले दुवैको नाम भने काड़ेनन्।

जनससभामा पार्टीका शीर्ष नेतृत्वहरूको उपस्थिति रहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here