कालेबुङ, २२ फरवरीः आज कालेबुङमा भारतीय जनता पार्टीको जनसभा र परिवर्तन यात्रा शुरू हुन अघि विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाले बजारमा पोस्टरिङ गऱ्यो।
विमलपन्थी युवा मोर्चाले पोस्टरिङ गरेको हो।
पोस्टरमा भाजपालाई हटाएर क्षेत्रीय पार्टी बचाउनुपर्ने आह्वान गरिएको हो।
‘खोई मोदीज्यूको सपना, खोई हाम्रो चाहना? कहिलेसम्म भुल्याउने बहनै बहानामा? मोदीज्यू जवाब देऊ’, पोस्टरमा लेखिएको छ।