कोलकाता, २३ फरवरीः प्राथमिक शिक्षकहरूको नियुक्तिमाथि कलकाता उच्च न्यायालयले अन्तरिम रोक लगाएको छ।
न्यायालयको यस्तो फैसलाले ममता सरकारलाई ठूलो झट्का लागेको छ।
उल्लेखनीय छ, मेरिट् लिस्टमा गड़बड़ी र शिक्षकहरूको नियुक्तिमा अनियमितताको आरोप लगाउँदै कलकत्ता उच्च न्यायालयमा एक मामिला दर्ता गरिएको थियो।
यो मामिलामाथि हिजो सुनवाइ गर्दै राजर्षि भारद्वाजको पीठले प्राथमिक शिक्षकहरूको नियुक्तिमाथि अन्तरिम रोक लगाउने फैसला सुनायो।
धेरैजसो प्रार्थीले अन्तर्वार्ता हतार हतार लिएको तथा नियुक्तिमा अत्यधिक अनियमितता भएको आरोप लगाएका थिए।
आरोपका अनुसार कसलाई कति अङ्क प्राप्त भयो, त्यो पनि उल्लेख गरिएन। जसका कारण योग्य उम्मेदवारलाई नियुक्तिको अधिकारबाट वञ्चित गरिएको छ। उल्लेखनीय छ, १० देखि १७ जनवरी अन्तर्वार्ता भएको थियो।
ज्ञातरहोस्, यो मामिला लामो समयदेखि न्यायालयमा चलिरहेको छ।