जफत गरिएको भालुको पित्तसहित पक्रा परेका दुई भोटाङे नागरिक। |
सिलगढ़ी, 28 सेप्टेम्बर : वन विभागको स्पेशल टाक्स फोर्सले एक विशेष अभियान चलाएर कालो भालुको पित्ताशयसँगै दुई तस्करलाई पक्राउ गरिएको छ। पक्रा परेका तस्करको नाम टीटी नामग्याल र लोलो बताइएको छ। पुलिस सूत्रका अनुसार दुवै भोटाङ नागरिक हुन्। शुक्रवार बिहान गोप्य सूचना प्राप्त भएपछि वन विभागको एक टोलीले जयगाउँको मङ्गलाबारी बजारमा एक विशेष अभियान चलाएर कालो भालुको पित्ताशयसहित टीटी नामग्याल र लोलोलाई पक्राउ गर्न सफल भएको हो। यी दुई तस्करबाट जफत पित्ताशयको ओजन प्रायः 300 ग्राम छ, जसको अन्तरराष्ट्रिय बजार मूल्य लगभग डेढ़ करोड़ बताइँदैछ। वनकर्मीहरू आएको अग्रिम सूचना पाएपछि एउटी महिला र नानी त्यहाँबाट चम्पट कसे। प्राप्त जानकारी अनुसार यो पित्ताशयलाई थाइल्यान्डमा तस्करी गर्ने यी दुई तस्करको योजना थियो। दुवैलाई आजै जलपाइगढ़ी अदालतमा उभ्याइने बताइएको छ।