एबीपी-सीभोटरको मत सर्वेक्षण- बङ्गालमा तृणमूलकै सरकार

0
1172

कोलकाता, २८ फरवरीः एबीपी-सीभोटरको नयाँ मत सर्वेक्षणमा यसपालि पनि तृणमूल कङ्ग्रेसकै सरकार बन्ने अनुमान गरिएको छ।

सर्वेक्षणका अनुसार चुनाउमा भाजपालाई फाइदा त हुनेछ तर सरकार बनाउन सक्ने बहुमत भने प्राप्त गर्न सक्नेछैन।

उल्लेखनीय छ, बङ्गालमा यसपटक सत्ताका लागि तृणमूल-भाजपाबीच सोझो टक्कर हुनेछ। पछिल्लो केही समयदेखि नै यी दुई दलबीच घमासन मच्चिएको छ।

यसपटक बङ्गालको सत्तामाथि भाजपाले आँखा गाड़ेको छ। तृणमूलका धेरै दिग्गज नेता भाजपामा सामेल भइसकेका छन्। बङ्गालको सत्ता हत्याउनका लागि भाजपा घुँड़ा धसेर लागिपरेको छ।

एबीपी-सीभोटरको नयाँ मत सर्वेक्षणमा तृणमूल कङ्ग्रेसले १५८ सिट जित्ने अनुमान गरिएको छ। त्यही भाजपाले १०० सिट जित्नेछ।

कङ्ग्रेस-माकपा गठबन्धनले ३५ सिट पाउने अनुमान गरिएको छ।

बङ्गालमा २९४ विधानसभा रहेका छन्। सरकार गठन गर्नका लागि १४८ सिट जित्न आवश्यक छ।

२०१६ को विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेसले २११ सिट जितेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here