दार्जीलिङ, २८ फरवरीः विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले आउँदो विधानसभा चुनाउका लागि शुभ प्रधानलाई मुख्य संयोजक बनाएको छ।
आज दार्जीलिङमा बसेको केन्द्रिय समितिको बैठकमा प्रधानलाई विधानसभा चुनाउका लागि मुख्य संयोजक नियुक्त गरिएको हो।
विमलपन्थी मोर्चा महासचिव रोशन गिरीका अनुसार शुभ प्रधानलाई दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका विधानसभा चुनाउका मुख्य संयोजक बनाइएको हो।
आज बसेको महत्त्वपूर्ण बैठकमा केन्द्रिय समिति, दार्जीलिङ, खरसाङ, मिरिक र सिलगढ़ीको महकुमा समिति, कालेबुङ जिल्ला समिति, डुवर्स समितिलगायत, नारी र युवा मोर्चाका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।