टाशिडिङमा मुख्यमन्त्री गोलेद्वारा छात्रावास र एक्सरे मसिनको उद्घाटन

0
930

गान्तोक, २ मार्चः राजधानीबाट पश्चिमको तीनदिने भ्रमणमा निस्किएका मुख्यमन्त्री पीएस गोलेले आज दोस्रो दिन टाशिडिङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मसिनको उद्घाटन गरेका छन्।

टाशीडिङ प्राथमिक स्वास्थ्य केन्द्र कायाकल्पमा पहिलो स्थानमा आएको थियो।

2020-मा पश्चिम जिल्लाका 7 वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये पहिलो स्थानमा आएर 2 लाख पुरस्कार प्राप्त गरेको पश्चिम जिल्लाकी मुख्य चिकित्सा अधिकारी अनुषा लामाले बताएकी छन्।

उद्घाटनपछि स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका रोगीहरूसित भेट गरे।

कार्यक्रमपछि मुख्यमन्त्रीले टाशिडिङ वरिष्ठ माध्यमिक विद्यालयको महिला छात्रावासको उद्घाटन गरे।

30 पलङ रहेको छात्रावासको उद्घाटनपछि मुख्यमन्त्रीले छात्रावासका लागि आवश्यक सामग्रीहरू वितरण गरे।

आफ्नो छोटो सम्बोधनमा मुख्यमन्त्रीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए।

उनले विद्यार्थीलाई समय सापेक्ष शिक्षाको खेती गर्न अपील गरेका छन्।

मुख्यमन्त्री गोलेले आज एकलव्य मोडलस्कूल, याङ्ताम, गाङ्गेप, मिडल चोङराङ स्कूलका विद्यार्थीहरूसित पनि भेट गरे।

पश्चिमका मानिसहरूले मुख्यमन्त्रीसमक्ष सड़क र पानीको विशेष माग राखेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here