जीटीएको म्याद बढ़ाएको बिष्टको आपत्ति, राज्यपाल र मुख्य चुनाउ अधिकारीलाई लेखे पत्र

0
1327

दार्जीलिङ, 5 मार्चः चुनाउको मुखैमा राज्य सरकारले जीटीएको थप ६ महिना म्याद बढ़ाएकोमा सांसद राजु बिष्टले आपत्ति जनाएको छ।

साथै यस सम्बन्धमा उनले राज्यपाल जगदीप धनखड़ र मुख्य चुनाउ अधिकारी पत्र पनि लेखेका छन्।

पत्रमा बिष्टले जीटीएमा राजनीतिक नियुक्ति तुरुन्तै रद्द गर्न तथा सो निकायलाई सोझै राज्यपालको सुपरिवेक्षणमा सञ्चालित गराउन अनुरोध गरेका छन्।

सांसद राजु बिष्टका अनुसार तृणमूल कङ्ग्रेसले 2017 देखि नै दार्जीलिङ र कालेबुङ जिल्लामा लोकतन्त्रको हत्या गर्दै आएको छ। साथै जीटीएमा जनताद्वारा निर्वाचित सदस्यहरू नराखेर तृणमूल कङ्ग्रेसले आफ्ना इमानदारहरूलाई गैर-कानुनी रूपमा जीटीए बोर्ड अव् एडमिनिस्टेटर्स भनी नियुक्ति दिएर 6-6 महिनाको एक्सटेन्शन दिँदै तिनीहरूमार्फत् पहाड़मा आफ्नो घृणित राजनीति आरोप उनको छ।

बिष्टले थप आरोप लगाएअनुसार आज आएर तृणमूल कङ्ग्रेसका ती इमानदारहरूले जीटीएको प्रयोग गर्दै क्षेत्रका मतदाताहरूलाई भ्रमित गर्ने  अनि आफ्नो राजनीतिक रोटी सेक्ने कुकृत्य गरिरहेका छन्।  

‘जीटीए सञ्चालन गर्नेहरूले हाम्रा क्षेत्रका मतदाताहरूलाई रोजगार दिने, ठेका दिने, नोकरी स्थायी गरिदिने जस्ता लालच दिइरहेका छन्। अनि कतिपय व्यक्तिलाई डराउने-धम्काउने समेत गरिरहेका थुप्रै उजुरीहरू मैले पाएको छु’, सांसद राजु बिष्टले थप भनेका छन्, ‘हाम्रो संविधानले लोकतन्त्रसँग यस्तो खेलाइँची गर्ने अनुमति दिँदैन। मेरो विचारमा राजनीतिक नियुक्ति दिइएका यस्ता अनिर्वाचित व्यक्तिहरूलाई चुनाउ अवधि कुनै अधिकार दिइनु हुँदैन।’

उनले थप भनेका छन्, ‘पश्चिम बङ्गालभरि तृणमूल कङ्ग्रेसद्वारा नियुक्त अनिर्वाचित व्यक्तिहरूद्वारा सञ्चालित सबै नगरपालिका एवं ग्रामीण निकायमाथि चुनाउ आयोगले नियन्त्रण गर्नुपर्ने हाम्रो पार्टीको माग छ।’

सांसद राजु बिष्टले लोकतन्त्रिक परिपाटीलाई भङ्ग गरिँदा सहन नगरिने बताउँदै चुनाउ आयोगले उल्लिखित विषयमा यथोचित संज्ञान लिएर आवश्यक कार्वाही गर्ने कुरामा विश्वास व्यक्त गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here