परिवर्तन बङ्गालमा होइन, दिल्लीमा हुनेछः ममता

0
1113

सिलगढ़ी, ७ मार्चः हिजो अपराह्न सिलगढ़ी आइपुगेकी तृणमूल कङ्ग्रेस सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज ईन्धनको बढ़्दो मूल्यविरुद्ध हिलकार्ट रोडमा पदयात्रा गरिन्।

पदयात्रामा तृणमूल कङ्ग्रेसका नेतृत्व र कार्यकर्ताहरूको विराट् सहभागिता रहेको थियो।

स्थानीय मल्लगढ़ीबाट शुरू भएको उक्त यदयात्रा हाशमी चोक पुगेर सभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै ममताले केन्द्रको भाजपा सरकारको तीखो शब्दमा आलोचना गरिन्। विशेषगरी उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहमाथि कटाक्ष गर्दै भारतमा एउटै सिन्डिकेट राज नरेन्द्र मोदी र अमित शाहको रहेको आरोप लगाइन्।

ममताको आरोप थियो- प्रधानमन्त्री नरेन्द्र मोदीले झूटको सहारामा जनतालाई दिग्भ्रमित पार्ने कार्य गरिरहेका छन्।

“परिवर्तन बङ्गालमा होइन, तर दिल्लीमा हुनेछ”, ममताले भनिन्।

तृणमूल सुप्रिमोले भाजपाले नोट दिएर भोट किनिरहेको आरोप पनि लगाइन्। साथै भाजपालाई खुल्ला चुनौती दिँदै लड़ेरै भाजपालाई पराजित गर्ने दावी गरिन्।

“देशलाई बेचिसके। देश बेच्नेले बङ्गाललाई सुनको बङ्गाल बनाउने कुरा गरिरहेका छन्। यो कति हास्यास्पद छ”, प्रधानमन्त्रीमाथि कटाक्ष गर्दै उनले थपिन्, “सबै बन्द चियाकमान खोलाउँछु भन्थे, तर एउटै चियाकमान पनि खुलाएनन्।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here